निर्वाचनले राजनीतिक स्थायित्व आउँछ : पूर्वमन्त्री बाँस्कोटा
बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बाँस्कोटाले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरे ।
काठमाडौं, माघ २४ : पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनताएका छन् । बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बाँस्कोटाले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरे ।
गत निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसारको काम नभए जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार रहेको बाँस्कोटाले बताए । बाँस्कोटाले भने, ‘विकास र राजनीतिका विषयमा प्रतिपक्ष बनेकाले मेरोजति सामना गर्नु तयार हुनुपर्छ ।’
आफ्नै सांसद् पद खुस्केजस्तो सरकारविरुद्ध सडकमा स्वार्थी ‘कम्युनिष्टधारी’ले कोकोहोलो मच्चाएको उनले ओरोप लगाए ।
प्रकाशित मिति: १४:२१ बजे, शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











