Kathmandu Press

किताब जात्रामा किराँतीलाई सम्मान, विजयकुमारलाई अवार्ड

काठमाडौं, माघ २४ : किताब यात्रा फाउन्डेसनको आयोजनामा ‘नबिल किताब जात्रा’ शुक्रबार सकिएको छ। जात्रामा विभिन्न व्यक्ति र पुस्तकलाई सम्मान तथा अवार्ड प्रदान...
किताब जात्रामा किराँतीलाई सम्मान, विजयकुमारलाई अवार्ड

काठमाडौं, माघ २४ : किताब यात्रा फाउन्डेसनको आयोजनामा ‘नबिल किताब जात्रा’ शुक्रबार सकिएको छ। जात्रामा सम्मान तथा अवार्ड पनि वितरण गरिएको छ।

यस वर्षको ‘प्रेम साहित्य सम्मान’ कवि जसराज किराँतीलाई प्रदान गरिएको छ। नेपाली वाङ्मयमा विशिष्ट योगदान पु¥याउने स्रष्टालाई ५५ हजार ५ सय ५५ रूपैयाँ राशीसहित हरेक वर्ष सम्मान प्रदान गरिन्छ।

Hardik ivf

बुईपा–६, खोटाङ्गका ७५ वर्षीयय किराँतीलाई ‘ग्रामीण जीवन स्वयम् आत्मसात् गर्दै त्यहाँका सरल तर शक्तिशाली बिम्ब कविताका अनेकन आयाममा प्रयोग गरी उच्च काव्यिक मूल्यबोध स्थापित गर्न सफल भएको’ ठहर गर्दै साहित्य सम्मान प्रदान गरिएको फाउन्डेसनले जनाएको छ। किराँतीलाई ‘किताब जात्रा’मा कलाकार मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ–हरिवंश आचार्य र ‘प्रेम साहित्य सम्मान’की संरक्षक बालकुमारी अधिकारीले दोसल्ला ओढाएर नगद, ताम्रपत्र र सिक्का प्रदान गर्दै सम्मान गरेका थिए।

त्यस्तै, यस वर्षको ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ विजयकुमारको किताब ‘सम्बन्धहरू’ले प्राप्त गरेको छ। अनलाइन बुकसेलिङ प्ल्याटफर्म ‘किताब यात्रा डटकम’ सञ्चालन गरिरहेको किताब यात्रा प्रालिले ‘किताब जात्रा’को अवसरमा आफ्नो प्ल्याटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई हरेक वर्ष यो अवार्ड दिने गरिएको किताब यात्राका सिइओ विकेश भट्टराईले बताए।

विजयकुमारलाई फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारी र लेखक बुद्धिसागरले अवार्ड प्रदान गरेका थिए। गत वर्ष उक्त अवार्ड अमर न्यौपानेको उपन्यास ‘गुलाबी उमेर’ले प्राप्त गरेको थियो।

जात्राको सन्दर्भमा किताब यात्रा डटकमले विशेष छुटसहित किताब खरिद गर्न पनि सकिने गरी ‘किताब यात्राको किताब जात्रा अफर’ सञ्चालन गरेको किताब यात्राका निर्देशक कृपेशकिशोर घिमिरेले बताए।

माघ १७ गतेदेखि सुरु भएको जात्रा शुक्रबार सम्पन्न भएको फाउन्डेसनका अध्यक्ष अधिकारीले बताए। कोरोना प्रभावका कारण यस वर्ष ‘किताब जात्रा’ मासमिडिया र भर्चुअल मिडियामार्फत प्रशारण गरिएको उनले बताए।

प्रकाशित मिति: ०९:२७ बजे, शनिबार, माघ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्