Kathmandu Press

समयमा खाना नपकाएको भन्दै बन्चरो प्रहार गरि श्रीमतीको हत्या

समयमा खाना नपकाएको भन्दै बन्चरो प्रहार गरि श्रीमतीको हत्या

पर्वत, माघ २४ : समयमा खाना नपकाएको भन्दै बन्चरो प्रहार गरि श्रीमतीको हत्या गरेको आरोपमा पर्वत प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्लाको जलजला गाउँपालिका–७ धाईरिङ घर भई कास्कीको पोखरा महानगरपालिका–३३ उपल्लो पुँडीमा बस्दै आएका ५० वर्षीय गमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो। श्रीमतीको हत्या आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।

शुक्रबार ४२ वर्षीया हरिमाया पुन कोठामा मृत फेला परेकी थिइन्। इलाका प्रहरी कार्यालय शिसुवा डाँडाबाट खटिएका टोलीले गमबहादुरलाई अनुसन्धानका लागि पोखरा–३३ लामगादीबाट नियन्त्रणमा लिएको हो।

बिहीबार साँझ समयमै खाना नबनाएको विषयमा झगडा परेको जनाएको छ। झगडा हुँदा गमबहादुरले हरिमायालाई बञ्चरो प्रहार गरेको पाइएको कास्की प्रहरीले जनाएको छ।

गमबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि हिरासतमा राखिएको जनाएको छ।

प्रकाशित मिति: ०८:४५ बजे, शनिबार, माघ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्