डेढ महिनादेखि वेपत्ता बृद्धाको शव भेटियो
पाल्पा, माघ २४ : डेढ महिनादेखि वेपत्ता रहेकी पाल्पाकी एक बृद्धाको शव भेटिएको छ।तानसेन नगरपालिका ८ की ७७ वर्षीया हिराकुमारी चिदीको शव भेटिएको...
पाल्पा, माघ २४ : डेढ महिनादेखि वेपत्ता रहेकी पाल्पाकी एक बृद्धाको शव भेटिएको छ।
तानसेन नगरपालिका ८ की ७७ वर्षीया हिराकुमारी चिदीको शव भेटिएको हो। उनी पुस पहिलो सातादेखि हराएकी थिइन्।
उनको शव शुक्रबार जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार माथागढी गाउँपालिका २ रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा वृद्ध महिलाको शव भेटिएको हो।
हिराकुमारी पुस ४ गतेदेखि हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताए।
प्रकाशित मिति: ०८:१५ बजे, शनिबार, माघ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











