Kathmandu Press

दाँत माझ्ने टुथब्रसले कसरी पृथ्वी फोहोर हुन्छ ?

अष्ट्रेलिया : ‘स्वर्गमा स्वागत छ,’ कोकोस किलिङ आइल्यान्ड भिजिटर सेन्टरमा लेखिएको छ । विदा मनाउन आएका अष्ट्रेलियालीमाझ टापुको यो ....

दाँत माझ्ने टुथब्रसले कसरी पृथ्वी फोहोर हुन्छ ?

अष्ट्रेलिया : ‘स्वर्गमा स्वागत छ,’ कोकोस किलिङ आइल्यान्ड भिजिटर सेन्टरमा लेखिएको छ । विदा मनाउन आएका अष्ट्रेलियालीमाझ टापुको यो ‘चेन’ एकदमै लोकप्रिय छ । त्यस्को कारण बुझ्न पनि सजिलो छ।

२७ ओटा टापुको समूहको फोटोमा छुदै मैलो लाग्ने निलो पानी र बालुवाको सफा बगर देखिन्छ । तीमध्ये दुई ओटामा मात्रै मानिस बस्छन्।

युनिभर्सिटी अफ तस्मानिया एन्ड भिक्टोरिया युनिभर्सटीका अनुसन्धाताले सन् २०१७ मा गरेको सर्वेक्षणमा ती टापु प्लास्टिकको ४१ करोड ४० लाख टुक्राले भरिएको पत्ता लगाए । तिनको कुल तौल दुई सय ३८ मेट्रिक टन थियो । यो एउटा ‘ब्लु व्हेल’को तौल हो । यो नतिजा ‘साइन्टिफिक जर्नल’मा बिहीबार प्रकाशन भएको थियो।

Hardik ivf

युनिभर्सिटी अफ तस्मानियास्थित इन्स्टिट्युट फर मरिन एन्ड एन्टार्कटिका स्टडिजका अनुसन्धान वैज्ञानिक जेनिफर ल्याभर्सका अनुसार एक पटक मात्रै प्रयोग गरिने प्लास्टिकको मात्रा सन् १९९० को दशकदेखि आकाशिएको छ । ‘त्यो प्लास्टिक कतै न कतै जानुपर्छ । दुर्भाग्यवश फोहोर व्यवस्थापनले थेग्न नसक्ने देश पुगिरहेका छन् । हाम्रो नदी र समुद्रमा पनि प्लास्टिक थुप्रिरहेका छन्,’ उनले भनिन्।

समुद्रको प्लास्टिक समस्या दुई गुणा बढी छ । एउटा त परिमाण नै धेरै छ । अनुसन्धाताका अनुसार आकाशगंगामा भएका ताराभन्दा समुद्रमा भएका प्लास्टिकका टुक्रा धेरै छन् । दोश्रो, यसले समुद्री जीवन नष्ट गर्दछ।

सोडा राख्ने प्लास्टिकका ‘क्यान’ र फ्याँकिएका माछा मार्ने जालोमा माछा, चार, समुद्री कछुवा र समुद्री स्तनधारी अल्झिन सक्छन् । खाए मर्छन् । केही समुद्री जीवनले झुक्किएर प्लास्टिक खाएको नभएर, खोजेरै खाने गरेको अध्ययनहरूले देखाएका छन् । किनभने समयसँगै समुद्रमा भएका प्लास्टिकले समुद्रको बासना सोस्छ । केही माछा र चराका प्रजाति खाना भनेर झुक्किन्छन् । वास्तविक खानाको साटो प्लास्टिक खाए, ती समुद्री जीवले ‘पिसिबि’जस्ता रसायन र वातावरणबाट प्लास्टिकले सोस्ने गह्रौं धानु पनि खान्छन्।

जर्नल कम्युनिकेसन बायोलोजीमा यो साता प्रकाशित अर्काे अनुसन्धानमा समुद्रमा भएका प्लास्टिककले ‘प्रोक्लोरोकोक्कस’ भनिने समुद्री ब्याक्टेरियालाई पनि हानि पु¥याउने देखिएको छ । उक्त ब्याक्टेरियाले विश्वको १० प्रतिशत अक्सिजन उत्पादन गर्दछ।

डा. ल्याभर्सले अध्ययनका लागि यी टापु छनोट गर्नुमा विशेष कारण छ । यी टापुहरू टाढा एकान्तमा छन् । यहाँ स्थानीय प्रदुषणको श्रोत तुलनामात्मक रूपले थोरै छ । मानिसको चहलपहल पनि उत्ति हुँदैन । समुद्र किनार सफा गर्ने काम पनि त्यति धेरै हुँदैन । विश्वभरि समुद्रमा विर्सजन हुने प्लास्टिक कसरी समुद्र किनारमा थुप्रिन्छन् भनेर अध्ययन समूहले जान्ने अवसर पाए।

अनुसन्धाताले भेटेका केही प्लास्टिक सजिलै पहिचान गर्न सकिने थिए । जस्तैः टुथब्रस, स्ट्र र प्लास्टिकका झोला । भेटिएका प्लास्टिकमध्ये झण्डै २५ प्रतिशत एक पटक मात्रै प्रयोग गरिने ‘सिंगल–युज प्लास्टिक’ थिए।

करिब ६० प्रतिशत माइक्रोप्लास्टिक थिए । यस्ता प्लास्टिक सजिलै च्यातिन्छन् । यी माइक्रोप्लास्टिक ०.०८ इन्च वा चामलको गेडोभन्दा आधा सानोसम्म हुन्छन्।

‘यो अर्काे चेतावनी हो । स्थानीय गतिविधिले दुरदराजमा पनि प्रभाव पार्छ,’ थोमस बालाटोरले भने । उनी हार्वर्ड युनिभर्सिटीका ‘टिचिङ फेलो’ हुन् । उनले प्लास्टिक प्रदुषणको अध्ययन गरेका छन् । यो अध्ययनमा उनी सहभागी थिएनन् । उनले इमेलबाट प्रतिक्रिया दिएका हुन्।

प्रकाशित मिति: ०६:४० बजे, शनिबार, जेठ ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्