Kathmandu Press

सिर्सिया सुक्खा बन्दरगाहमा कन्टेनर राख्न ठाउँ अभाव

काठमाडौं, माघ २३ : अन्तर्राष्ट्रिय नाकाका रुपमा रहेको मुलुककै पहिलो सुक्खा बन्दरगाह सिर्सियाबाट कन्टेनर बाहिरिन नसक्दा हाल २ हजार ६३९ कन्टेनर भन्सार यार्डमा थन्किएपछि...
सिर्सिया सुक्खा बन्दरगाहमा कन्टेनर राख्न ठाउँ अभाव

काठमाडौं, माघ २३ : अन्तर्राष्ट्रिय नाकाका रुपमा रहेको मुलुककै पहिलो सुक्खा बन्दरगाह सिर्सियाबाट कन्टेनर बाहिरिन नसक्दा हाल २ हजार ६३९ कन्टेनर भन्सार यार्डमा थन्किएपछि अन्य कन्टेनर राख्ने ठाउँको अभाव भएको छ । तीमध्ये कतिपय कन्टेनर खाली अवस्थामा रहेको बताइएको छ ।     

वीरगन्ज महानगरपालिका–२५ सिर्सियास्थित भारतसँग रेल्वे सञ्जालमा जोडिएको मुलुकको बन्दरगाहमा कोरोना संक्रमणकालदेखि नै कन्टेनर थन्किएको  छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको नेपाल इन्टर मोडल यातायात विकास समितिका अनुसार लकडाउनको समयमा तेस्रो मुलुकबाट सामान लिएर कलकता बन्दरगाह हुँदै रेलमार्गबाट आएका कन्टेनर जाँचपास नभएर  बाहिरिन नसक्दा  अन्य कन्टेनर राख्ने ठाउँको अभाव भएको शाखा अधिकृत तर्कराज जोशीले बताए ।

अहिले भन्सार यार्डमा थन्किएर रहेका २ हजार ६३९ कन्टेनरमध्ये केही कन्टेनर बाहिरिने प्रक्रियामा  छन् भने अन्य कन्टेनर भन्सार जाँचपास नहुँदा बाहिरिन सकेका छैनन् । एउटा रेलमा ९० कन्टेनर हुने गरेको र अहिले दैनिक तीन रेल आउने गरेका छन् । पुरानो थन्किए रहेका कन्टेनर बाहिर निस्कन नसक्दा यसको प्रभाव भन्सार यार्डमा पर्न गएको छ ।     

प्रकाशित मिति: १८:५२ बजे, शुक्रबार, माघ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्