Kathmandu Press

जनप्रतिनिधिले बिक्री गरे एम्बुलेन्स, फिर्ता गर्न स्थानीयको माग

मोरङको बेलबारी नगरपालिकाका जनप्रतिनिधिको मिलेमतोमा सामाजिक हितका लागि खरिद गरिएको एम्बुलेन्स बिक्री गरिएको छ  । 
जनप्रतिनिधिले बिक्री गरे एम्बुलेन्स, फिर्ता गर्न स्थानीयको माग

काठमाडौं, माघ २३ : मोरङको बेलबारी नगरपालिकाका जनप्रतिनिधिको मिलेमतोमा सामाजिक हितका लागि खरिद गरिएको एम्बुलेन्स बिक्री गरिएको छ  ।  लायन्स क्लब अफ बेलबारीले सामाजिक हितका लागि खरिद गरेको एम्बुलेन्स जनप्रतिनिधिलगायतको मिलेमतोमा बिक्री गरिएको हो ।

लायन्स क्लब अफ बेलबारीका अध्यक्ष खेमप्रसाद गौतमले जनप्रतिनिधिका कारण लज्जित हुनुपरेको बताए ।  लायन्स क्लब बेलबारीले सन् २०११ मा सांसद विकास कोषको ३ लाख र क्लबका अन्य सदस्यबाट रकम संकलन गरी ११ लाखमा को१च ५७९४ नम्बरको टाटा सुमो सेतो रङको एम्बुलेन्स खरिद गरेको थियो ।

तर वडा नं–३ का अध्यक्ष योगेन्द्र सुवेदीको संयोजकत्वमा बिक्री समिति बनाएर सो एम्बुलेन्स बिक्री गरियो ।  एम्बुलेन्स बिक्री भएपछि स्थानीय जनप्रतिनिधिप्रति आक्रोशित भएका छन् । उनीहरुले एम्बुलेन्स फिर्ता गर्न माग गर्दै आएका छन् ।

गरिब तथा असहायको सामाजिक कार्यका लागि खरिद गरिएको एम्बुलेन्स अविलम्ब क्लबलाई फर्काउने व्यवस्थाका लागि सबैसँग अध्यक्ष गौतमले आग्रह गरे ।–रासस

प्रकाशित मिति: १८:३१ बजे, शुक्रबार, माघ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्