Kathmandu Press

संवैधानिक निकायमा गरिएको नियुक्तिबारे कारण पेस गर्न सरकारलाई सर्वोच्चको आदेश

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदीय सुनवाइ नभई संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेर शपथ गराइएको भन्दै त्यसविरुद्ध निवेदन दर्ता गरेका थिए ।
संवैधानिक निकायमा गरिएको नियुक्तिबारे कारण पेस गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं, माघ २३ : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायत ११ वटा संवैधानिक निकायमा गरिएको नियुक्तिबारे कारण पेस गर्न राष्ट्रपति कार्यालय र सरकारलाई आदेश दिएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज सो आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदीय सुनवाइ नभई संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेर शपथ गराइएको भन्दै त्यसविरुद्ध निवेदन दर्ता गरेका थिए । उनको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र संवैधानिक परिषद्लाई विपक्षी बनाइएको छ । 

आजै विघटित प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले पनि संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन् ।

प्रकाशित मिति: १६:३७ बजे, शुक्रबार, माघ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्