थप १०५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, माघ २३ : नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९९ जनामा गरिएको परीक्षणमा...
काठमाडौं, माघ २३ : नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७९९ जनामा गरिएको परीक्षणमा शुक्रबार देशभर थप १०५ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये ४८ जना महिला र ५७ जना पुरुष रहेका छन्। योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ।
यो अवधिमा २७२ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार ५६४ जना पुगेको छ।
मन्त्रालयका अनुसार हालसम्म निको हुनेको दर ९८.५ प्रतिशत रहेको छ।
प्रकाशित मिति: १६:३० बजे, शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











