Kathmandu Press

नेकपाको मूल पार्टी यही हो : ओली

काठमाडौं, माघ २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आफू नेतृत्वकै पार्टी सक्कली नेकपा भएको बताए । उनले आज नारायणीहिटीमा...
नेकपाको मूल पार्टी यही हो : ओली

काठमाडौं, माघ २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आफू नेतृत्वकै पार्टी सक्कली नेकपा भएको बताए । उनले आज नारायणीहिटीमा आयोजित सभामा  आफू नेतृत्वकै पार्टी सक्कली भएको बताएका हुन् ।

उनले भने, ‘मूल पार्टी कुन हो ? अझै पनि कोही अलमलमा छ भने कठैबरा भन्नुपर्छ । यही हो मूल पार्टी । देशकै मूल पार्टी हो  । देशकै सबैभन्दा ठुलो पार्टी । देश बनाउने पार्टी हो । सार्वभौमसत्ताको रक्षा गर्ने पाटी हो ।’ 

उनले अबदेखि नेकपाको कुन पक्ष सक्कली र नक्कली भन्ने विवाद टुंगिएको बताए । ‘कुन पार्टी सक्कली, कुन पार्टी नक्कली भन्ने टुंगो लाग्यो,’ उनले भने ।

प्रकाशित मिति: १४:३२ बजे, शुक्रबार, माघ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्