Kathmandu Press

मांसहारी आन्दोलन गर्नेहरूलाई चिडियाखानामा थुन्छौँ : गृहमन्त्री

काठमाडाैं, माघ २३ :   सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले लाखौँ संख्यामा जनताको यो उपस्थितिले तेस्रो जनअन्दोलन सुरु भएको बताए । देशमा असाधारण परिस्थिति भएको...
मांसहारी आन्दोलन गर्नेहरूलाई चिडियाखानामा थुन्छौँ : गृहमन्त्री

काठमाडाैं, माघ २३ :  दरबारमार्गमा नेकपा ओली समूहको सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले लाखौँ संख्यामा जनताको यो उपस्थितिले तेस्रो जनअन्दोलन सुरु भएको बताए । 

देशमा असाधारण परिस्थिति भएको उनले बताए । ‘राष्ट्रिय स्वाधीनताको निम्ति एक छ, समाजवादका पक्षमा आन्दोलित भएका छौँ,’ उनले भने, ‘समग्र जनता संविधानको रक्षाका लागि आन्दोलित भएका छन् ।’

उनले यो असामान्य परिस्थिति राजनितिक नेतृत्वको प्रश्नसँग जोडिएको बताए । उनले भने, ‘यो परिस्थितिको कारण बुझेर मात्र यसको सामना गर्न सक्छौँ । मुख्य राजनीतिक सत्तासँग जोडिएको प्रश्न प्रधानमन्त्रीसँग, राष्ट्रपतिसँग जोडिएको हुन्छ ।’

मांसहारी आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाघरमा थुनिने उनले बताए । 

जनतामा गएर मात्र शुद्धीकरण गर्न सकिने उनको जिकिर थियो। 
 

 

प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, माघ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्