Kathmandu Press

पार्टी प्यालेसको छतबाट खसेर एकको मृत्यु

मकवानपुर, माघ २३ : मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टी प्यालेसको छतबाट खसेर आज बिहान एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा रौतहटको...
पार्टी प्यालेसको छतबाट खसेर एकको मृत्यु

मकवानपुर, माघ २३ : मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टी प्यालेसको छतबाट खसेर आज बिहान एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाकारी दिए। उनका अनुसार आज बिहान ६ः१५ बजे पार्टी प्यालेसको पाँचौँ तलबाट खस्दा गम्भीर घाइते भएका यादवको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यादव क्विक–२० पार्टी प्यालेसमा सरसफाइको काम गर्दै आएका थिए।

प्रकाशित मिति: १०:३६ बजे, शुक्रबार, माघ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्