गगन थापा १० ठाउँमा स्वास्थ्य शिविर संचालन गर्दै
काठमाडौं, जेठ १० : कांग्रेस नेता गगन थापाले आफ्नो निर्वाचन क्षेत्रका १० स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेका छन्।
उनी काठमाडौ....

काठमाडौं, जेठ १० : कांग्रेस नेता गगन थापाले आफ्नो निर्वाचन क्षेत्रका १० स्थानमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेका छन्।
उनी काठमाडौं निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत काठमाडौं महानगरपालिका–३० का १० स्थानमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर परिक्षण शिविर सञ्चालन गर्न लागेका हुन।
महिलामा स्तन क्यान्सर र पाठेघरको क्यान्सर बढ्दै गएकाले सचेत गराउँन शिविर संचालन गर्न लागेको पूर्वस्वास्थ्यमन्त्री थापाले बताए। समयमै परिक्षण गरे निको हुन सक्छ भनेर सचेत गराउँन ‘पिपुल्स हेल्थ कार्यक्रम’मार्फत शिविर सञ्चालन गर्न लागिएको जनाएको छ।
पहिलो शिविर जेठ ११ गते मैतीदेवी मन्दिरनजिक संचालन गर्न लागिएको छ।
प्रकाशित मिति: १५:०२ बजे, शुक्रबार, जेठ १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











