Kathmandu Press

दुर्घटनाग्रस्त ट्रकमा आगो लाग्दा तीनको जलेर मृत्यु

दैलेख, जेठ १० : दुर्घटनाग्रस्त मिनी ट्रकमा आगो लाग्दा तीन जनाको मृत्यु भएको छ।

सुर्खेतबाट जुम्ला जाँदै गरेको मिनी ट्रक दैलेखको डुङ्गेश्वर गा....

दुर्घटनाग्रस्त ट्रकमा आगो लाग्दा तीनको जलेर मृत्यु

दैलेख, जेठ १० : दुर्घटनाग्रस्त मिनी ट्रकमा आगो लाग्दा तीन जनाको मृत्यु भएको छ।

सुर्खेतबाट जुम्ला जाँदै गरेको मिनी ट्रक दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ निगालपानीमा दुर्घटना भएको थियो। दुर्घटनामा परेको ट्रकमा आगो लागेको जनाएको छ।

दुर्घटनामा मृत्यु भएका तीन जनाको शव जलेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेम क्षेत्रीले बताए। उनका अनुसार,  ट्रकमा आगो लागेकाले नम्बर प्लेट पनि जलेको छ।

ट्रक आज दिउँसो सडकबाट करिब तीन सय मिटर तल ट्रक खसेको थियो। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले बताए।

प्रकाशित मिति: १४:४२ बजे, शुक्रबार, जेठ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्