Kathmandu Press

बिमाका समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन    

काठमाडौं, माघ २२ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरो रुपमा उत्रन र आफ्नो कार्यकाल बिमा क्षेत्रका लागि कोसेढुङ्गा सावित...
बिमाका समस्या समाधान गर्न अर्थमन्त्रीको निर्देशन    

काठमाडौं, माघ २२ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरो रुपमा उत्रन र आफ्नो कार्यकाल बिमा क्षेत्रका लागि कोसेढुङ्गा सावित हुने गरी काम गर्न बिमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका छन् ।

बिमा समितिको नवनियुक्त अध्यक्षको आज मन्त्रालयमा आयोजित पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा अर्थमन्त्री पौडेलले बिमा क्षेत्रका समस्या केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने बताए ।

अर्थ सचिव शिशिरकुमार ढुंगानाले बिमा क्षेत्रले विश्वसनीयता कायम गर्नुपर्ने आवश्यकता औँल्याउँदै बिमा क्षेत्रलाई सबल, सक्षम र प्रतिस्पर्धी बनाउनुपर्ने बताए । राजस्व सचिव रामशरण पुडासैनीले बिमाको पहुँच बढाउन र बिमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिनुपर्ने बताए  ।

प्रकाशित मिति: १९:०२ बजे, बिहीबार, माघ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्