नेपालको राजनीति रेफ्रीबिनाको खेल जस्तो छ : थापा
काठमाडौं, माघ २० : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले नेपाली राजनीति रेफ्रीबिनाको खेल जस्तो भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, 'अहिले...
काठमाडौं, माघ २० : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले नेपाली राजनीति रेफ्रीबिनाको खेल जस्तो भएको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, 'अहिले नेपालको राजनीति रेफ्रीबिनाको खेल जस्तो छ। जसको शक्ति उसको भक्ति कायम छ। एकले अर्कोलाई समाप्त पार्ने प्रतिस्पर्धा चलेको छ।’
थापाले मुठभेड बढ्दै जाँदा राजनीतिक दल र नेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जानेतर्फ समेत संकेत गरेका छन् । । नेपाली राजनीतिक परिस्थिति बिगार्न देशीविदेशी शक्तिहरू क्रियाशील भएको उनको ठम्याइ छ ।
त्यस्तै उनले केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको बताएका छन् । उनले सबै राजनीतिक दललाई आग्रह गर्दै लेखेका छन्, ‘केपी ओलीको गल्ती सच्याउन अर्को खतरनाक गल्ती नगरौँ ।’
प्रकाशित मिति: १८:३३ बजे, बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











