१ लाख ५८ हजारले लगाए कोभिड–१९ विरुद्धको खोप
आज दिउँसो चार बजेसम्म १ लाख ५८ हजार ४८७ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
काठमाडौं, माघ २२ : आज दिउँसो चार बजेसम्म १ लाख ५८ हजार ४८७ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
उनका अनुसार प्रदेश १ मा २१ हजार ७५४, प्रदेश २ मा २१ हजार १८५, बाग्मतीमा ५५ हजार ५०४, गण्डकीमा १७ हजार २६७, लुम्बिनीमा २३ हजार ७८९, कर्णालीमा ८ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९०७ जनाले खोप लगाएका छन् ।
पहिलो चरणअन्तर्गतको खोप अभियान माघ २४ गते शनिबारसम्म चल्नेछ । हाल २०१ वटा बुथबाट खाेप लगाइएकाे छ ।

प्रकाशित मिति: १७:५४ बजे, बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
