उपत्यकामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, माघ २२ : काठमाडौं उपत्यकामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमितमध्ये काठमाडौंका ६१, ललितपुरका १३...
काठमाडौं, माघ २२ : काठमाडौं उपत्यकामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमितमध्ये काठमाडौंका ६१, ललितपुरका १३ र भक्तपुरका ४ जना रहेका छन्।
त्यस्तै, बिहीबार तीन हजार ८७८ जनामा गरिएको परीक्षणमा देशभर थप १७१ जनामा संक्रमण पुष्टि छ। संक्रमित मध्ये ५९ जना महिला र ११२ जना पुरुष रहेका छन्।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ जना पुगेको मन्त्रालयले जनाएको छ।
यो अवधिमा २२७ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ।
मन्त्रालयको हालसम्मको निको हुने दर नेपालमा ९८.४ प्रतिशत रहेको छ।
प्रकाशित मिति: १६:२९ बजे, बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











