कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु
काठमाडौं, माघ २२ : नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बिहीबार देशभर कोरोना संक्रमणबाट थप २...
काठमाडौं, माघ २२ : नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बिहीबार देशभर कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको हो।
योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको छ।
त्यस्तै, बिहीबार तीन हजार ८७८ जनामा गरिएको परीक्षणमा देशभर थप १७१ जनामा संक्रमण पुष्टि छ। संक्रमित मध्ये ५९ जना महिला र ११२ जना पुरुष रहेका छन्।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ जना पुगेको मन्त्रालयले जनाएको छ।
यो अवधिमा २२७ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ।
मन्त्रालयको हालसम्मको निको हुने दर नेपालमा ९८.४ प्रतिशत रहेको छ।
प्रकाशित मिति: १६:१९ बजे, बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











