Kathmandu Press

थप १७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ २२ : नेपालमा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएके छ। तीन हजार ८७८ जनामा गरिएको परीक्षणमा बिहीबार देशभर थप १७१ जनामा...
थप १७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ २२ : नेपालमा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएके छ। 

तीन हजार ८७८ जनामा गरिएको परीक्षणमा बिहीबार देशभर थप १७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमित मध्ये ५९ जना महिला र ११२ जना पुरुष रहेका छन्। 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ जना पुगेको छ। 

यो अवधिमा २२७ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ। 

मन्त्रालयको हालसम्मको निको हुनेदर नेपालमा ९८.४ प्रतिशत रहेको छ। 

प्रकाशित मिति: १६:०९ बजे, बिहीबार, माघ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्