Kathmandu Press

भारतीय नक्कली नोटसहित युनुस अन्सारी पक्राउ

काठमाडौं, जेठ १० : भारतीय नक्कली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युनुस अन्सारी पक्राउ परेका छन्।

नेपाल प्रहरी र विमानस्थल भन्स....

भारतीय नक्कली नोटसहित युनुस अन्सारी पक्राउ
फाइल फोटो

काठमाडौं, जेठ १० : भारतीय नक्कली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युनुस अन्सारी पक्राउ परेका छन्।

नेपाल प्रहरी र विमानस्थल भन्सारको टोलीले युनुससँगै रहेका सोहेल खान र गाडी चालक सुजन रानामगरलाई पनि पक्राउ गरेको छ।

विमानस्थल भन्सार कार्यालयका अनुसार, ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित पक्राउ परेका पाकिस्तानी नागरिकलाई लिन विमानस्थल पुगेका अन्सारीलाई पनि पक्राउ गरिएकाे हो।

पाकिस्तानबाट कतारको दोह हुँदै नेपाल आएका पाकिस्तानी नागरिक नसिर उद्दिनसहित तीन जना पक्राउ परेका थिए। पाकिस्तानी नागरिक उद्दिनसँगै नेपाल आएका ४९ वर्षीय मोहम्मद अफ्तर र ३९ वर्षीय नदिया अनवरलाई विमानस्थलभित्र भन्सार क्षेत्रबाट पक्राउ गरेको हो। भन्सार प्रमुख गजेन्द्र ठाकुरका अनुसार, उनीहरुसँग दुईवटा सुटकेसमा भारतीय नक्कली नोट रहेका थिए।

उनीहरूलाई रिसिभ गर्न अन्सारी विमानस्थल पुगेका थिए। उनलाई पनि प्रहरीले पक्राउ गरेको हो।

भारतीय नागरिक उद्दिन कतारको दोहाबाट बिहान सवा ८ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए। उनीसँग दुई हजारका भारतीय नक्कली नोट भेटिएको हो। चार करोडभन्दा बढी नक्कली नाेट भेटिएको जनाएको छ।

प्रकाशित मिति: १४:२० बजे, शुक्रबार, जेठ १०, २०७६