Kathmandu Press

नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार कोरोनाविरुद्धको खोप पाउने अनुमान

काठमाडौं, माघ २२ : नेपालमा पहिलो चरणमा कोभ्याक्समार्फत २२ लाख ५६ हजार डोज कोरोना खोप पाउने अनुमान गरिएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बुधबार...
नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार कोरोनाविरुद्धको खोप पाउने अनुमान

काठमाडौं, माघ २२ : नेपालमा पहिलो चरणमा कोभ्याक्समार्फत २२ लाख ५६ हजार डोज कोरोना खोप पाउने अनुमान गरिएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बुधबार सार्वजनिक गरेको अन्तरिम वितरण पूर्वानुमानमा पहिलो चरणमा नेपालको जनसंख्याको करिब ३.३ प्रतिशत खोप पाउने उल्लेख गरिएको छ। 

यो खोप सन् २०२१ को पहिलो ६ महिनामा प्राप्त हुनसक्ने डब्ल्यूएचओले जनाएको छ।

सबै देशमा समानरूपमा कोरोना खोप उपलब्ध गराउने लक्ष्यसहित डब्ल्यूएचओ र खोपबारे पैरवी गर्ने अन्य समूहले सन् २०२० को अप्रिलमा कोभ्याक्स अभियान घोषणा गरेका थिए। कोभ्याक्स अभियान अन्तर्गत सन् २०२१ को अन्तिमसम्ममा विश्वभर २ अर्ब डोज खोप आपूर्तिको लक्ष्य डब्ल्यूएचओले लिएको छ।
 

प्रकाशित मिति: १५:०७ बजे, बिहीबार, माघ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्