Kathmandu Press

फागुनको पहिलो हप्तादेखि संयुक्त आन्दोलन हुन्छ : दाहाल 

नेकपाद्वारा गरिएको आमहडताल सफल पार्न सातदाेबाटाेस्थित सडकमा निस्किएका दाहालले भने, ‘फागुनको पहिलो हप्तादेखि संयुक्त आन्दोलन हुन्छ । त्यसपछि केपीको आयु सिद्धिन्छ । यदि केपीले पश्चात्ताप गरेर पछि नहट्ने हो भने ठूलो जनआन्दोलन हुन्छ । यो अहिलेसम्मकै ठुलो आन्दोलन हुन्छ ।’ 
फागुनको पहिलो हप्तादेखि संयुक्त आन्दोलन हुन्छ : दाहाल 

काठमाडौं, माघ २२ :  नेकपा (दाहाल–नेपाल पक्ष) अध्यक्ष पुष्पकमल दाहालले अहिलेसम्मकै ठूलो जनआन्दोलन हुने बताएका छन् । उनले फागुनको पहिलो सातादेखि अहिलेसम्मकै ठूलो जनआन्दोलन हुने बताएका हुन् । 

नेकपाद्वारा गरिएको आमहडताल सफल पार्न सातदाेबाटाेस्थित सडकमा निस्किएका दाहालले भने, ‘फागुनको पहिलो हप्तादेखि संयुक्त आन्दोलन हुन्छ । त्यसपछि केपीको आयु सिद्धिन्छ । यदि केपीले पश्चात्ताप गरेर पछि नहट्ने हो भने ठूलो जनआन्दोलन हुन्छ । यो अहिलेसम्मकै ठुलो आन्दोलन हुन्छ ।’ 

उनले सरकारले संविधान  मिचेर दिउँसै रात पार्ने काम गरेको दाबी गरे ।  उनले भने, ‘संघीय लोकतन्त्रमाथि प्रहार भएको छ । गणतन्त्रमाथि प्रहार भएको छ । त्यसको विरोधमा सबै राजनीतिक दल, नागरिक समाज, पत्रकार, बुद्धिजीवी एकजुट हुनुपर्छ ।’

उनले माघ २३ केपी ओली पक्षले गर्ने सभालाई पञ्च र्‍यालीको संज्ञा दिएका छन् । उनले ओलीलाई लक्षित गर्दै भने, ‘आफैँले संविधान मिच्ने । आफैँले लोकतन्त्रमाथि प्रहार गर्ने । आफैँ मानिस बटुलेर जुलुस गर्ने भनेको यो पञ्च र्‍यालीबाहेक केही होइन । हामीले गरेको जनप्रदर्शन हो । केपी ओलीजीले गर्ने भनेको पञ्च र्‍यालीबाहेक केही पनि हुँदैन ।’ 

त्यस्तै उनले संवैधानिक नियकायमा गरिएको नियुक्तको विराेध गरे । 

प्रकाशित मिति: १३:२५ बजे, बिहीबार, माघ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्