१८५ राउन्ड गोली र एकनाले भरुवा बन्दुक बरामद
प्रहरीले विभिन्न हातहतियार बरामद गरेको छ । प्रहरीले मोरङ र चितवनबाट गोली र एकनाले भरुवा बन्दुक बरामद गरेको हो ।
काठमाडौं, माघ २२ : प्रहरीले विभिन्न हातहतियार बरामद गरेको छ । प्रहरीले मोरङ र चितवनबाट गोली र एकनाले भरुवा बन्दुक बरामद गरेको हो ।
उर्लाबारी नगरपालिका–१ लक्ष्मीझार बस्ने दलबहादुर लिम्बुको खेतबारीबाट १८५ राउन्ड गोली बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
त्यस्तै चितवन इच्छाकामना गाउँपालिका–७ सानो भोर्लेनीस्थित जंगलबाट बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
