Kathmandu Press

आधारशिविरमा झारिए सगरमाथामा भेटिएका चार शव

काठमाडौं, जेठ १० : सगरमाथा आरोहण गर्ने क्रममा मृत्यु भएका आरोहीका चार शव आधारशिविरमा झारिएको छ।

सगरमाथा सफाई अभियानअन्तर्गत विभिन्न समयमा मृ....

आधारशिविरमा झारिए सगरमाथामा भेटिएका चार शव
काठमाडौं प्रेस

काठमाडौं, जेठ १० : सगरमाथा आरोहण गर्ने क्रममा मृत्यु भएका आरोहीका चार शव आधारशिविरमा झारिएको छ।

सगरमाथा सफाई अभियानअन्तर्गत विभिन्न समयमा मृत्यु भएका आरोहीका शव आज आधारशिविरमा झारिएको हो। ति शव हिउँले पुरिएका थिए।

हिउँ पग्लिएपछि शव देखिएको र ति शव सगरमाथा सफाइअभियानको टोलीले आधारशिविरमा झारेको खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष तथा सगरमाथा सफाइ अभियान संयोजक ङिमदोर्जी शेर्पाले बताए।  सगरमाथाको  क्याम्प–३ र खुम्बु आइसफलमा दुई÷दुई शव भेटिएको उलने बताए।

ति शव कसका हुन भन्ने पहिचान हुन सकेको छैन्। अहिलेसम्म नेपाली वा विदेशी कसको हो भन्ने पनि एकीन नभएको अध्यक्ष शेर्पाले बताए।

सगरमाथा सफाइ अभियानमा खुम्बु पासाङ ल्हामु गाउँपालिका, सगरमाथा प्रदुषण नियन्त्रण समिति, नेपाली सेनाको नाम्चेस्थित शमशेर गुल्मलगायत विभिन्न संघ–संस्थाले संयुक्त रुपमा काम गरिरहेका छन्।

सगरमाथा सरसफाइको क्रममा संकलित फोहोर नेपाली सेनाको हेलिकोप्टरबाट नाम्चेबजार ल्याइने छ।

प्रकाशित मिति: १२:२० बजे, शुक्रबार, जेठ १०, २०७६