Kathmandu Press

बुक बिल्डिङमा सहभागी हुन थप १८ संस्थालाई स्वीकृति

बोर्डले माघ २० गते भेन्चर क्यापिटल, एभरेस्ट इन्स्योरेन्स कम्पनीलगायत १८ संस्थालाई  बुक बिल्डिङमा सहभागी हुन स्वीकृति दिएको हो ।
बुक बिल्डिङमा सहभागी हुन थप १८ संस्थालाई स्वीकृति

काठमाडौं, माघ २१ : नेपाल धितोपत्र बोर्डले थप १८ संस्थागत लगानीकर्तालाई बुक बिल्डिङमा आवेदनका लागि स्वीकृति दिएको छ । बोर्डले माघ २० गते भेन्चर क्यापिटल, एभरेस्ट इन्स्योरेन्स कम्पनीलगायत १८ संस्थालाई  बुक बिल्डिङमा सहभागी हुन स्वीकृति दिएको हो ।

नेपाल धितोपत्र बोर्डले ४६ वटा संस्थालाई स्वीकृति दिएको थियो । अब ६४ संस्था बुक बिल्डिङका लागि याेग्य भएका छन्।

प्रकाशित मिति: १८:५६ बजे, बुधबार, माघ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्