Kathmandu Press

१ फागुनदेखि जिल्लाबाटै  निजी र साझेदारी फर्म दर्ता   

 बाग्मती प्रदेशभित्रका जिल्लाबाट आगामी फागुन १ गतेदेखि निजी तथा साझेदारी फर्म दर्ता हुने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बाग्मती प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालयअन्तर्गतका जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय हुने जनाएको छ ।     
१ फागुनदेखि जिल्लाबाटै  निजी र साझेदारी फर्म दर्ता   

काठमाडौं, माघ २१ :  बाग्मती प्रदेशभित्रका जिल्लाबाट आगामी फागुन १ गतेदेखि निजी तथा साझेदारी फर्म दर्ता हुने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बाग्मती प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालयअन्तर्गतका जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय हुने जनाएको छ ।     

जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयबाट निकासी पैठारी व्यापारबाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमनको कार्य हुने विभागका प्रवक्ता शिवराज सेढाईं जानकारी दिए ।

पहिलो चरणमा बाग्मती प्रदेशमा जिम्मेवारी हस्तान्तरण गरेको विभागले निकासी, पैठारी व्यापारबाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमनको कार्य अन्य प्रदेशमा समेत प्रदेश कानून तर्जुमा भएपश्चात् क्रमशः हस्तान्तरण गर्ने जनाएको छ ।     

गत १७ गते मन्त्रिस्तरीय निर्णयबाट ‘वाणिज्य प्रशासनसम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण अवधारणापत्र तथा कार्ययोजना, २०७७’ को स्वीकृत भएको थियो । उक्त स्वीकृतिपछि बाग्मती प्रदेश सरकारलाई विभिन्न कार्ययोजना हस्तान्तरणको गरिएको उनले जानकारी दिए ।

पुराना फर्मको नवीकरण, संशोधन र खारेजीसम्बन्धी कार्य भने सम्बन्धित प्रदेशमा हस्तान्तरण नभएसम्म विभागबाट नै सञ्चालन हुनेछ । बाग्मती प्रदेशअन्तर्गतका घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका वैदेशिक व्यापारमूलक (निकासी, पैठारीसँगसम्बन्धी) फर्मको सक्कल फाइलसहित २०७८ असार मसान्तभित्र विभागमा हस्तान्तरण भई विभागबाट नै नियमन हुनेछ ।        
 

प्रकाशित मिति: १८:२६ बजे, बुधबार, माघ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्