Kathmandu Press

देउवाले पठाए मोदीलाई बधाई र शुभकामना पत्र 

काठमाडौं, जेठ ९ : कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको चुनावमा भारतीय जनता पार्टीले ठूलो सफलता हास....

देउवाले पठाए मोदीलाई बधाई र शुभकामना पत्र 

काठमाडौं, जेठ ९ : कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा भर्खरै सम्पन्न लोकसभाको चुनावमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभ कामना सन्देश पठाएका छन्। 

विहिबारसाँझ देउवाले प्रधानमन्त्री मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई छुट्टाछुट्टै पत्र पठाई नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरेका छन्। 

‘नेपाल र भारत बीच सदियौँ देखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दुबै पार्टी बीचको सम्बन्ध र सहकार्य अझ बलियो हुने विश्वास मैले गरेको छु’ देउवाले पठाएको पत्रमा भनिएको छ। 

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले नेपालस्थित भारतीय दुतावास मार्फत मोदी र शाहलाई बधाई तथा शुभकामना पत्र पठाएका हुन् । 

प्रकाशित मिति: २०:१८ बजे, बिहीबार, जेठ ९, २०७६