Kathmandu Press

दाहाल–नेपाल पक्षले गर्ने आमहडतालमा के के खुल्छन् ? (सूचीसहित)

दाहाल–नेपाल पक्षले सरकारले असंवैधानिक  रुपमा बलजफ्ती संवैधानिक अंगहरुमा पदाधिकारी र सदस्यहरु नियुक्ति गरेको भन्दै देशव्यापी आमहडताल आह्वान गरेको हो ।
दाहाल–नेपाल पक्षले गर्ने आमहडतालमा के के खुल्छन् ? (सूचीसहित)

काठमाडौं, माघ २१ :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले माघ २२ गते देशव्यापी आमहडतालको आह्वान गरेको छ । दाहाल–नेपाल पक्षले सरकारले असंवैधानिक  रुपमा बलजफ्ती संवैधानिक अंगहरुमा पदाधिकारी र सदस्यहरु नियुक्ति गरेको भन्दै देशव्यापी आमहडताल आह्वान गरेको हो ।

देशव्यापी आमहड्तालमा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द रहने दाहाल–नेपाल पक्ष नेतृ पम्फा भुसालले बताइन् । उनका अनुसार अत्यावश्यक सेवा सहज रूपमा सुचारु हुनेछ । 

‘देशव्यापी आमहड्तालमा यातायात, पसल, उद्योग, कलकारखाना र शिक्षण संस्थाहरु बन्द रहनेछन्,’ नेकपा दाहाल–नेपाल पक्षको प्रेस वक्तव्यमा उल्लेख छ ।

त्यस्तै,  अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधीलगायत अत्यावश्यक सेवा सुचार रहने बताइएको छ ।

‘विद्यार्थीको परीक्षा सञ्चालनमा कुनै अवरोध हुनेछैन,’  प्रेस वक्तव्यमा उल्लेख छ ।

 

प्रकाशित मिति: १७:०३ बजे, बुधबार, माघ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्