Kathmandu Press

हिमाल चढ्न १० आरोहण दलले लियो अनुमति

काठमाडौं, माघ २१ : हिँउदे सिजनमा हिमाल आरोहणका लागि १० आरोहण दलले अनुमति लिएको छ। पर्यटन विभागका अनुसार मंगलबारसम्म १० दलका ४५ जना...
हिमाल चढ्न १० आरोहण दलले लियो अनुमति

काठमाडौं, माघ २१ : हिँउदे सिजनमा हिमाल आरोहणका लागि १० आरोहण दलले अनुमति लिएको छ। पर्यटन विभागका अनुसार मंगलबारसम्म १० दलका ४५ जना सदस्यले आरोहणको अनुमति लिएका हुन्।

विभागका अनुसार ४५ आरोहीमध्ये ७ जना महिला रहेका छन्। 

विभागका अनुसार ८ हजार मिटर माथिको मनास्लु आरोहण गर्न दुई दलले अनुमति लिएका छन्। मनास्लुका लागि दुई आरोहण दलका १४ सदस्यले अनुमति लिएका हुन्।

लुजा पीक (५७२६ मि.)चढ्न एक टोलीका तीन सदस्यले अनुमति लिएका छन्।

यस सिजनमा जारी भएका अनुमतिबाट सरकारले ८ लाख ९६ हजार ५ रुपैयाँ रोयल्टी संकलन गरेको छ।

कोरोना भाइरसको महामारीपछि क्रमशः पर्यटन क्षेत्र उठ्ने क्रममा रहेको छ।

प्रकाशित मिति: १६:४२ बजे, बुधबार, माघ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्