ककसले पाए संवैधानिक निकायमा नियुक्ति ?
उनले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोगलगायत ११ संवैधानिक निकायमा पदाधिकारी नियक्त गरेकी हुन् ।काठमाडौं, माघ २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी छन् । उनले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोगलगायत ११ संवैधानिक निकायमा पदाधिकारी नियक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको विभिन्न धाराबमोजिम संवैधानिक परिषद्को सिफारिसमा संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्त गरेकी छन् ।
आजै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक निकायमा प्रमुख र अध्यक्षलाई शपथ ग्रहण गराए। त्यसपछि सम्बन्धित निकायका प्रमुख र अध्यक्षले आयुक्त र सदस्यहरूलाई शपथ ग्रहण गराए ।
संवैधानिक निकायका पदाधिकारीहरुको शपथ ग्रहण समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले बहिष्कार गरे । नेकपा दाहाल–नेपाल समूहले संवैधानिक निकायमा गरिएकाे नियुक्तिप्रति असन्तुष्टि जनाएकाे छ । नियुक्तिविरुद्ध संघर्षका कार्यक्रम गर्ने घाेषणाासमेत गरेकाे छ ।
संवैधानिक निकायमा नियुक्त भएर शपथ लिने पदाधिकारीहरु :













