Kathmandu Press

ओली निकट नेकपाको काठमाडौंमा मोटरसाइकल र्‍याली

ओली निकट नेकपाको काठमाडौंमा मोटरसाइकल र्‍याली

काठमाडौं, माघ २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले काठमाडौं उपत्यकामा मोटरसाइकल र्‍याली निकालेको छ। 

नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरसहित र्‍याली निस्किएको हो। 

बालकुमारी पुलबाट शुरु भएको र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथाली, त्रिपुरेश्वर, जमल, नारायणहिटी, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा टुंगिदैछ।

उक्त समूहले माघ २३ गते राजदरबार अगाडि बृहत सभा गर्ने भएको छ। 

प्रकाशित मिति: १३:४७ बजे, बुधबार, माघ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्