Kathmandu Press

प्रधानमन्त्रीमा अन्तर्निहित ‘म नै संविधान हुँ’ भन्ने दम्भ उजागर भएको छ : सिंह

संवैधानिक परिषदको   कोरम नपुगेको बैठकले गरेको सिफारिस नै असंवैधानिक  भएको उनको दाबी छ  ।  उनले  आज गराइएको शपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्को असंवैधानिक कदम भएको बताए ।    
प्रधानमन्त्रीमा अन्तर्निहित ‘म नै संविधान हुँ’ भन्ने दम्भ उजागर भएको छ : सिंह

काठमाडौं, माघ २१ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीमा अन्तर्निहित ‘म नै संविधान हुँ’ भन्ने भावना उजागर भएको बताएका छन् । सिंहले फेसबुकमार्फत प्रधानमन्त्रीमा अन्तर्निहित ‘म नै संविधान हुँ’ भन्ने भावना उजागर भएको बताएका हुन् ।

सिंहले  संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिप्रति आपत्ति जनाएका छन् । ‘संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै  गरिएको नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित ‘म नै संविधान हुँ’ भन्ने दम्भ उजागर भएको छ,’ उनले फेसबुकमा लेखेका छन् । 

संवैधानिक परिषदको   कोरम नपुगेको बैठकले गरेको सिफारिस नै असंवैधानिक  भएको उनको दाबी छ  ।  उनले  आज गराइएको शपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्को असंवैधानिक कदम भएको बताए ।    

‘संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुन्छ,’ उनले लेखेका छन् ।

उनले सरकारको असंवैधानिक कार्य र मनपरीतन्त्रका कारण देश संकटमा परेको बताउँदै सबैलाई सचेत हुन आग्रह गरेका छन् ।  

प्रकाशित मिति: १२:४२ बजे, बुधबार, माघ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्