मिडिया काउन्सिल विधेयक फिर्ता हुदैन : मन्त्री बास्कोटा
काठमाडौं, जेठ ९ : चौतर्फि विरोध भएपनि सरकारले मिडिया काउन्सिल विधेयक फिर्ता नलिने बताएको छ।
विहिबार नियमित पत्रकार सम्मेलनमा सञ्चार तथ....
काठमाडौं, जेठ ९ : चौतर्फि विरोध भएपनि सरकारले मिडिया काउन्सिल विधेयक फिर्ता नलिने बताएको छ।
विहिबार नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मिडिया काउन्सिल विधेयक प्रक्रियामा अघि बढ्ने तर संसदले आवस्यक देखे संशोधनको प्रक्रियमा पनि जान सक्ने बताएका छन् । ‘व्यवसायिक शुद्धता, सुरक्षा, मर्यादा र अभिव्यक्ति वा लेखन स्वतन्त्रतालाई सुनिश्चित गर्ने हिसाबले आउने कुनै पनि सकारात्मक कुरालाई हमेसा स्वागत गर्छौं, भनेकै छौं, तर फिर्ता गर्ने कुरा हुँदैन’ बास्कोटाले भने, ‘यसले आफ्नो प्रोसेसमा अगाडि बढ्छ।’
मन्त्री बास्कोटाले सरोकारवालाले राखेको सुझाव विधेयकमा समेटीने बताए । संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको मन्त्री बास्कोटाले संविधानले बर्खिलाप गरेको कुरा विधेयकमा नआउने बताए।
मन्त्री बास्कोटाले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि बताए। प्रेसलाई सरकारको भजन गाऊ नभनेको भन्दै मन्त्री बास्कोटाले प्रेस जनता, नागरिक र पाठकप्रति नै उत्तरदायी हुनुपर्ने बताए । ‘सरकारको आलोचना गर्नुस्, तर मिसन नचाउनुस्, सहीलाई सही गलतलाई गलत भन्नुस्’ उनले भने।






