Kathmandu Press

काठमाडौं महानगरले क्रिकेट संघलाई ५० लाख सहयोग गर्ने

काठमाडौं, माघ २१ : काठमाडौँ महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।...
काठमाडौं महानगरले क्रिकेट संघलाई ५० लाख सहयोग गर्ने

काठमाडौं, माघ २१ : काठमाडौँ महानगरपालिकाले ‘मेयर्स कप २०७७ क्रिकेट प्रतियोगिता’ सञ्चालन गर्नका लागि क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। यसका लागि मंगलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ। पत्रमा कामपाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र संघका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरेका छन्। 

कामपाले यसअघि पनि ए डिभिजन फुटबल क्लबलाई जनही १० लाख रुपैयाँ, बी डिभिजनलाई जनही ६ लाख रुपैयाँ र सी डिभिजनलाई चार लाख रुपैयाँ सहयोग गरिसकेको छ। महानगरसँगै देशको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन यसप्रकार लगानी गरिएको कामपाको भनाइ छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा नेपालको ख्याति बढाएको बताए। यो प्रसिद्धि बढाउन थप बल पुगोस् र महानगरको पहिचान पनि सँगै विस्तार होस् भनेर हामीले संघलाई सहयोग गरेको बताए।

नेपाली क्रिकेट खेलाडीको आत्मबल बलियो बनाएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नतिजा ल्याउन महानगरको सहयोगले ठूलो काम गर्नेछ। समारोहमा संघका अध्यक्ष चन्दले भने, ‘यस वर्ष महानगरले लगानीलाई अर्को वर्ष थप गर्ने गरी हामी नतिजा देखाउँछौँ।’

कामपा सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीका अनुसार सङ्घलाई सम्झौताबमोजि दुई चरणमा अनुदान रकम प्रदान गरिनेछ। पहिलो चरणमा ६० प्रतिशत रकम उपलब्ध गराएपछि संघले सञ्चालन गरेका कार्यक्रमका आधारमा दोस्रो किस्ताको रकम दिइनेछ। उपलब्ध यस रकमबाट आउँदो चैत मसान्तभित्र खेलका कार्यक्रम सञ्चालन गरिसक्नुपर्नेछ।

प्रकाशित मिति: १०:४५ बजे, बुधबार, माघ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्