क्रोमबुकका लागि वरदान बन्यो कोरोना
कोरोना भाइरसको महाकारीका कारण स्कुल तथा विश्वविद्यालयहरुले डिजिटल योजनाहरुको गति बढाउँदा क्रोमबुकको बिक्री अत्यधिक भएको छ। हार्डवेयर निर्माता कम्पनीहरूले सन् २०२० मा ३.७...कोरोना भाइरसको महाकारीका कारण स्कुल तथा विश्वविद्यालयहरुले डिजिटल योजनाहरुको गति बढाउँदा क्रोमबुकको बिक्री अत्यधिक भएको छ। हार्डवेयर निर्माता कम्पनीहरूले सन् २०२० मा ३.७ करोड क्रोमबुकहरू बिक्री गरेको पाइएको छ। यो वर्ष क्रोमबुकका लागि सबैभन्दा सफल हुन पुग्यो।
क्यानालिसका अनुसन्धानकर्ताले सन् २०२० मा पर्सनल कम्प्युटर मार्केटको कूल आकार २० करोड ९७ लाख युनिट रहेको र यसको १० प्रतिशतभन्दा बढी ठाउँ गुगल प्लेटफर्मको रहेको दाबी गरेका छन्। ‘क्रोमबुकहरूको माग अहिले आकाशिएको छ,’ क्यानालिस अनुसन्धानका निर्देशक रुसभ दोसीले विज्ञप्तिमार्फत भनेका छन्, ‘धेरै देशका स्कुल तथा विश्वविद्यालयहरू थप लकडाउनका कारण डिजिटल योजनाहरूको गति बढाउन बाध्य भई समस्या समाधानका लागि कम्मर कसेर लागेका छन्।’
गुगलको यस डिजिटल ग्याजेड विशेषगरी अमेरिका र पश्चिमी यूरोपको शिक्षा क्षेत्रमा र अन्य प्रतिद्वन्दी ग्याजेडहरूभन्दा निकै लोकप्रिय साबित भएको उनी बताउँछन्। क्यानालिसका अनुसार, हार्डवेयर निर्माताहरूले सन् २०२० को अन्तिम तीन महिनामा एक करोड २० लाख क्रोमबुकहरू बिक्री गरे। योभन्दा अघिल्लो वर्षको अन्तिम क्वाटरको तुलनामा यसलाई चार गुणा बढी बिक्री मान्न सकिन्छ।
क्रोमबुकको बिक्रीमा एचपी ब्रान्ड शीर्ष स्थानमा थियो। अन्तिम तीन महिनामा यस कम्पनीले ३५ लाख युनिट बेचेको थियो। यो एक वर्षमा दुई सय ३५ प्रतिशत बढी बिक्री हो। यस मामलामा लेनोवो ब्रान्डको स्थान दोस्रो छ। २८ लाख विक्री र एक वर्ष अवधिमा एक हजार सात सय ६६ प्रतिशतको वृद्धि रहेको छ।
एसर र डेल दुवै ब्रान्डले १५ लाख संख्यामा बिक्री गर्यो। सामसुङले १० लाख युनिट बिक्री गर्दै प्रतिस्पर्धामा पाँचौं स्थान कायम गरेको छ। यसको वृद्धि एक वर्षमा ६ सय ३० प्रतिशत रहेको छ। क्यानालिसका अनुसार क्रोमबुकको बिक्री सन् २०२१ भरी झनै बढ्ने अपेक्षा रहेको छ। क्रोम प्लेटफर्ममा शिक्षा बजारभन्दा पनि बाहिरका उपभोक्ता र परम्परागत ग्राहकहरू बढी चासो राख्छन्।
एकअर्कासँग सहकार्य गर्न एक समान प्रयोग सजिलो हुने हुँदा पनि यसप्रति चासो बढ्न थालेको छ। यसबारे उल्लेख गर्दै ‘व्यवसाय वा व्यक्तिगत कम्प्युटिङका लागि किफायती भएकाले यसको निरंतरता सुनिश्चित गर्न क्रोमबुकनै बढी खोज्दैछन्’ भन्ने दाबी फर्मले गरेको छ।
क्यानालिसको विवरणअनुसार, सन् २०२० मा ट्याब्लेटले पनि बजारमा ठूलो बृद्धि गरेको छ। सन् २०२० मा १६.६ करोड ट्याब्लेट बिक्री गर्न सफल भइ यसले अन्तिम क्वाटरमा अहिलेसम्मकै उच्च पाँच करोड २८ लाख बिक्री गर्न सफल भयो। सन् २०१९ को अन्तिम क्वाटरभन्दा यो २८ प्रतिशत ज्यादा विक्री हो। एप्पल ब्रान्डको ट्याब्लेट झन्डै २० करोड बिक्री भयो। एप्पलको लागि सन् २०१४ पछिको सबैभन्दा उत्तम प्रदर्शन हो यो।
पर्सनल कम्प्युटर विकासको अनुभवलाई नियाल्दा यो वृद्धि सन् २०१५ पछिकै सबैभन्दा ज्यादा हो। सन् २०२० मा शीर्ष पाँचदेखि बाहिरन पुगेका अमेजनले ६५ लाख, लेनोभोले ५६ लाखर, हवाई ब्रान्डले ३५ लाख क्रोमबुक बिक्री गर्न सफल भएका छन्।
- थर्रोट डटकमबाट