संविधानको रक्षा गर्न संसद् पुनर्स्थापना गर्नुपर्छ : शर्मा
पूर्वगृहमन्त्री जनार्दन शर्माले संविधानको रक्षा गर्न संसद् पुनःस्थापना गर्नुपर्ने बताएका छन् । संयुक्त एम्बुलेन्स चालक संघ नेपालको स्थापना दिवस तथा तेस्रो साधारणसभामा आज उनले संसद् पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताए ।
काठमाडौं, माघ २० : पूर्वगृहमन्त्री जनार्दन शर्माले संविधानको रक्षा गर्न संसद् पुनःस्थापना गर्नुपर्ने बताएका छन् । संयुक्त एम्बुलेन्स चालक संघ नेपालको स्थापना दिवस तथा तेस्रो साधारणसभामा आज उनले संसद् पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताए ।
उनले एम्बुलेन्स चालकलाई सरकारी कर्मचारीको रुपमा स्थापित गर्दै जनतालाई सहज स्वास्थ्य उपचार दिनुपर्नेमा जोड दिए । संकटको अवस्थामा अग्र मोर्चामा रहने एम्बुलेन्स चालकले सेवा दिने गरेको भन्दै नेकपा नेता शर्माले उनीहरूको प्रशंसा गरे ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संवेदनशील क्षेत्रमा जोखिम मोलेर काम गर्ने एम्बुलेन्स चालकलाई राज्यपक्षबाट सहयोग हुनुपर्नेमा जोड दिए । उनले स्थानीयस्तरबाट हुन सक्ने सहयोगका लागि आफू तयार रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा, अखिल नेपाल ट्रेड युनियन चितवनका यदुनाथ कँडेल, एलाइभ अस्पतालका प्रबन्ध निर्देशक डा प्रमोद लामिछाने, वरिष्ठ बालरोग विशेषज्ञ डा. बालकृष्ण कालाखेतीलगायतले संस्था स्थापनाको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
सङ्घका केन्द्रीय अध्यक्ष नवराज लामिछानेको सभापतित्वमा भएको थियो । देशभर करिब चार हजार ५०० एम्बुलेन्स रहेको तथ्याङ्क छ । सो अवसरमा नौ जना पत्रकारलाई सम्मान गरिएको थियो ।











