Kathmandu Press

२१ सम्पादकले सरकारलाई भने, ‘मिडिया काउन्सिल विधेयक फिर्ता गर’

काठमाडौं, जेठ ९ : दैनिक पत्रिका र अनलाईनका सम्पादकहरुले सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रतामा अंकूश लगाउने ठहर गरेका छन्।

२१ सम्पादकले सरकारलाई भने, ‘मिडिया काउन्सिल विधेयक फिर्ता गर’

काठमाडौं, जेठ ९ : दैनिक पत्रिका र अनलाईनका सम्पादकहरुले सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयकले प्रेस स्वतन्त्रतामा अंकूश लगाउने ठहर गरेका छन्।

विहिबार राजधानीमा भएको सम्पादकहरुको भेलाले सरकारले अघि बढाएको विधेयकको विरोधमा नेपाल पत्रकार महासंघले गरेको आन्दोलनमा ऐक्यवद्धता व्यक्त गर्दै सरकारलाइ उक्त विधेयक फिर्ता लिन आग्रह गरेका छन्। 

‘मिडिया काउन्सिल विधेयकको विरोधमा नेपाल पत्रकार महासघं तथा पत्रकारिता सम्बद्घ अन्य संस्थाहरु आन्दोलनमा उत्रिसकेका छन् र हामी यो आन्दोलनप्रति ऐक्यवद्धता जनाउन चाहन्छौं’ सम्पादकहरुको सयुक्त विज्ञप्तिमा भनिएको छ। 

उनीहरुले सरकारले संसदमा पेश गरेको विधेयक लोकतान्त्रिक मुल्य मान्यताको पनि विपरित भएको ठहर गरेका छन् । ‘सविंधानले सुनिश्चित गरेको ‘पूर्ण प्रेस स्वतन्त्रता’ यो विधेयकले संकुचित गर्छ’ विज्ञप्तिमा भनिएको छ। 

उनीहरुले प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता गर्न र सरोकारवलासँग पनि छलफल गरेर विधेयक तयारी गर्न सरकारलाई आग्रह गरेका छन् ।  
सयुक्त विज्ञप्ति काठमाडौं प्रेसका प्रधान सम्पादक कसमस विश्वकर्मा, कान्तिपुरका सम्पादक नारायण वाग्ले, नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल, नयाँ पत्रिका दैनिकका सम्पादक कृष्णज्वाल देवकोटा, द काठमाडौं पोष्टका सम्पादक अनुप काफ्ले, रिपव्लिकाका सम्पादक सुभाष घिमिरे, सेतोपाटीका सम्पादक अमित ढकाल, बाह्रखरीका सम्पादक प्रतिक प्रधान लगायतले जारी गरेका हुन्।

प्रकाशित मिति: १७:१० बजे, बिहीबार, जेठ ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्