Kathmandu Press

२०७८ का लागि १४ पात्रोलाई प्रकाशन स्वीकृति    

नेपाल पञ्चांग निर्णायक समितिले  २०७८ का लागि १४ पात्रोलाई प्रकाशन स्वीकृति दिएको छ ।
२०७८ का लागि १४ पात्रोलाई प्रकाशन स्वीकृति    

काठमाडौं, माघ २० :  नेपाल पञ्चांग निर्णायक समितिले  २०७८ का लागि १४ पात्रोलाई प्रकाशन स्वीकृति दिएको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको पञ्चाङ्ग, बाबुराम पञ्चाङ्ग, नरनाथ पञ्चाङ्ग, हिमाल पञ्चाङ्ग, अठोला पञ्चाङ्ग, तारकेश्वर पञ्चाङ्ग, सूर्य पञ्चाङ्ग, आकाश दर्शन पञ्चाङ्ग, बगलामुखी पञ्चाङ्ग, शुभ पञ्चाङ्ग, बाबा गोरखनाथ पञ्चाङ्ग, कीर्ति पञ्चाङ्ग, सिद्धि पञ्चाङ्ग, खप्तड तारानाथ पञ्चाङ्गलाई स्वीकृति दिइएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

विगतमा पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण पञ्चाङ्गकार जम्मा भएर रुजु गर्न समस्या भएकाले काममा ढिलाइ भएको थियो । ढिलो गरी काम सुरु गरिरहेको बेला मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेपछि काम गर्ने कि नगर्ने अलमल भएकाले पनि अर्को तीन हप्ता ढिला भएको उनले जानकारी दिए ।

पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । 

प्रकाशित मिति: १८:१६ बजे, मंगलबार, माघ २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्