Kathmandu Press

१ लाख २८ हजार ६५० जनाले लगाए कोभिड–१९ खोप 

 नेपालमा आज बेलुका ४ बजेसम्म १ लाख २८ हजार ६५० जनाले  कोभिड–१९ खोप लगाएका छन् ।
१ लाख २८ हजार ६५० जनाले लगाए कोभिड–१९ खोप 

काठमाडौं, माघ २० :  नेपालमा १ लाख २८ हजार ६५० जनाले  कोभिड–१९ खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज बेलुका ४ बजेसम्म सो संख्याले कोभिड–१९ खोप लगाएका हुन् ।

प्रदेशअनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा खोप लगाइएको छ । यहाँ  ४५ हजार ३४५ जनाले कोभिड–१९ खोप लगाएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा ६ हजार ६६० जनाले खोप लगाएका छन् ।

प्रवक्ता गौतमका अनुसार प्रदेश १ मा १७ हजार २८७, प्रदेश २ मा १६, १७३, बाग्मती प्रदेशमा ४५ हजार ३४५, गण्डकी प्रदेशमा १६ हजार २७०, लुम्बिनी प्रदेशमा १७ हजार ९७९, कर्णाली प्रदेशमा ६ हजार ६६० र सुदूरपश्चिममा ८ हजार ९६३ जनाले खोप पाएका छन् ।

प्रकाशित मिति: १७:४५ बजे, मंगलबार, माघ २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्