Kathmandu Press

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं, माघ २० : नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार मंगलबार देशभर कोरोना संक्रमणको कारण थप...
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं, माघ २० : नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार मंगलबार देशभर कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको हो। 
योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ। 

त्यस्तै, मंगलबार २ हजार ९४६ जनामा गरिएको परीक्षणमा थप १७१ जनामा संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ। 

संक्रमितमध्ये ७१ महिला र १०० जना पुरुष रहेका छन्। योसहित नेपालका कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २८९ जना पुगेको छ। 

त्यस्तै, यो अवधिमा २५९ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको छ। 

मन्त्रालयको अनुसार निको हुनेको दर ९८.४ प्रतिशत रहेको छ।

प्रकाशित मिति: १६:५१ बजे, मंगलबार, माघ २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्