Kathmandu Press

थप १७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ २० : नेपालमा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।२ हजार ९४६ जनामा गरिएको परीक्षणमा मंगलबार थप १७१ जनामा संक्रमण...
थप १७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ २० : नेपालमा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२ हजार ९४६ जनामा गरिएको परीक्षणमा मंगलबार थप १७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

संक्रमितमध्ये ७१ महिला र १०० जना पुरुष रहेका छन्। योसहित नेपालका कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २८९ जना पुगेको छ। 

त्यस्तै, यो अवधिमा २५९ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको छ। 

मन्त्रालयको अनुसार निको हुनेको दर ९८.४ प्रतिशत रहेको छ।
 

प्रकाशित मिति: १६:४७ बजे, मंगलबार, माघ २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्