एनसेलले ल्यायो भारतमा कल गर्न सुलभ दरका दुई भ्वाइस प्याक
एनसेलले विन्टर अफरअन्तर्गत लोकल दरमै भारतमा कल गर्न पाइने गरी दैनिक र तीन दिने सहुलियत भ्वाइस प्याक ल्याएको हो ।काठमाडौं, माघ २० : एनसेलले भारतमा कल गर्न सुलभ दरका भ्याइस प्याक ल्याएको छ । एनसेलले विन्टर अफरअन्तर्गत लोकल दरमै भारतमा कल गर्न पाइने गरी दैनिक र तीन दिने सहुलियत भ्वाइस प्याक ल्याएको हो ।
यो अफर एनसेलकाे नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत रहेकाे छ । दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित २५ रुपैयाँमा कुनै पनि भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्छन् । दैनिक प्याक सुचारु भएपछि २४ घण्टासम्म यसको समयसीमा रहन्छ । यो भ्वाइस प्याक खरिद गर्न प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७एस्ट्रिक्स१ ह्यास डायल गर्नुपर्छ ।
त्यस्तै, विन्टर अफरअन्तर्गत प्रिपेड ग्राहकका ल्याइएकाे तीन दिने सहुलियत दरको भ्वाइस प्याक ग्राहकले करसहित १४ मा खरिद गर्न सक्छन् र १.९९ प्रतिमिनेट (करसहित २.५४ प्रतिमिनेट) को दरमा भारत कल गरी आफ्ना परिवारका सदस्य तथा साथीभाइसँग बातचित गर्न पाउँछन् ।
भ्वाइस प्याकबिना भारत कल गर्दा विद्यमान शुल्क २.९९ प्रतिमिनेट (कर सहित ३.८२ प्रतिमिनेट) रहेको छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७एस्ट्रिक्स२ह्यास डायल गरी यो भ्वाइस प्याक सजिलै सुचारु गर्न सक्छन् ।










-1754206481.jpg)
