Kathmandu Press

आफूमाथि कुटपिट भएको भन्दै नायिका शुष्मा कार्कीले दिइन् प्रहरीमा उजुरी

काठमाडौं, माघ २० : नायिका सुष्मा कार्कीेले आफूलाई कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। सोमबार साँझ पत्रकार उत्सव रसाइली र नायिका स्वेता खड्काकी...
आफूमाथि कुटपिट भएको भन्दै नायिका शुष्मा कार्कीले दिइन् प्रहरीमा उजुरी

काठमाडौं, माघ २० : नायिका सुष्मा कार्कीेले आफूलाई कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। 

सोमबार साँझ पत्रकार उत्सव रसाइली र नायिका स्वेता खड्काकी बहिनी आरती खड्काले आफूलाई काठमाडौंको लण्डन पब क्याफेमा कुटपिट गरेको भन्दै उनले मंगलबार बिहान प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन्।

अनिता बास्तोलाको एनिभर्सरी मनाउन सो क्याफेमा नायिका श्वेता, उनका श्रीमान विजयन्द्र सिंह रावत, आरती र उत्सव पुगेका थिए। सुष्मा पनि साथीहरुसँग त्यहीँ पुगेको र सामान्य कुराकानी हुँदै गर्दा आरतीले आफूलाई कुटपिट गरेको सुष्माले उजुरीमा जनाएकी छन्।

सुस्माले आफूमाथि भएको दुर्व्यवहार गरेको भिडियोसमेत रेकर्ड गरेको बताएकी छिन्। 

आरती खड्का र उत्सव रसाइलीले गाली गलौज र कुटपिट गरेको भन्दै सुस्माले मंगलबार बिहान उजुरी गरेको प्रहरी वृत्त दरबारमार्गले पुष्टि गरेको छ ।  

प्रकाशित मिति: १५:०७ बजे, मंगलबार, माघ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्