जितको टुङ्गो नलाग्दै प्रधानमन्त्री ओलीको मोदीलाई बधाइ
काठमाडौ., जेठ ९ : भारतको लोकसभा निर्वाचनको मतगणना जारी छ। हार–जितको टुंगो लागेको छैन्। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री न....
काठमाडौ., जेठ ९ : भारतको लोकसभा निर्वाचनको मतगणना जारी छ। हार–जितको टुंगो लागेको छैन्। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाइ दिएका छन्।
आज अपराह्न ट्वीट गर्दै प्रधानमन्त्री ओलीले बधाइ दिएका हुन्। प्रधानमन्त्री ओलीले भारतीय प्रधामन्त्री मोदीलाई मेन्सन गर्दै लोकसभा निर्वाचनमा अत्यधिक विजय हासिल गरेकोमा बधाइ भनेका छन्।
जबकी भारतीय लोकसभा निर्वाचनको आज बिहानदेखि मतगणना सुरू भएको हो। अझै कुन उम्मेदवार जित्ने-हार्ने निश्चित भएको छैन्।
पछिल्लो मतगणना अनुसार, मोदी नेतृत्वको एनडीएले अग्रता लिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीट
I extend warmest congratulations to Prime Minister @narendramodi ji for landslide election victory in the Lok Sabha Elections 2019. I wish all success ahead. I look forward to working closely with you. #PMOIndia
— K P Sharma Oli (@kpsharmaoli) May 23, 2019






