Kathmandu Press

बिहीबारदेखी वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ २० : पश्चिमी वायुको प्रभावका कारण आगामी बिहीबारदेखि मौसममा बदली भई पानी पर्ने र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम...
बिहीबारदेखी वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ २० : पश्चिमी वायुको प्रभावका कारण आगामी बिहीबारदेखि मौसममा बदली भई पानी पर्ने र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

बिहीबारदेखि शनिबारसम्म मौसममा परिवर्तन भएर यो प्रणाली बाहिरिएपछि गर्मी सुरु हुने मौसमविदले पूर्वानुमान गरेका छन्। पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज तराई भूभागमा बाक्लो हुस्सु लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका एक दुई स्थानमा हिमपातको सम्भावना छ।

आज बिहान ५ः४५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम २.७ डिग्री मापन गरिएको छ।

घाम नलाग्दा दिउँसोमा अधिकतम तापक्रम घटे पनि बिहानमा कठ्यांग्रिने जस्तो जाडो अब नहुने मौसमविदको भनाइ छ।

प्रकाशित मिति: १०:३४ बजे, मंगलबार, माघ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्