Kathmandu Press

महामारीले समस्यामा परेका बालबालिकालाई कसरी सघाउन सकिन्छ ?

कोभिड–१९ महामारीको त्रासबाट उम्किन खोज्दा संसारभर अनेक समस्या थपिएका छन्। जटिल समस्याको रूपमा हेरिने बालबालिका तथा युवाको मानसिक स्वास्थ्यमा पर्ने दीर्घकालीन असर पनि...
महामारीले समस्यामा परेका बालबालिकालाई कसरी सघाउन सकिन्छ ?

कोभिड–१९ महामारीको त्रासबाट उम्किन खोज्दा संसारभर अनेक समस्या थपिएका छन्। जटिल समस्याको रूपमा हेरिने बालबालिका तथा युवाको मानसिक स्वास्थ्यमा पर्ने दीर्घकालीन असर पनि एक हो। मानसिक स्वास्थ्य संकट केवल युवामा मात्र उब्जेको छैन, यो यत्रतत्र देखिन्छ।

बेलायतमा भने ५० हजार बहिरा बालबालिका तथा युवा ठूलो मर्कामा परिरहेका छन्। उनीहरूमध्ये धेरैजसो अहिले अनलाइन शिक्षा अभावमा घरमै संघर्षरत छन्। विद्यालयमा जाँदा मास्क लगाउनुपर्दा अरू के बोल्दैछन् भन्ने बुझ्न पनि उनीहरूलाई गाह्रो परिरहेको छ। परिणामस्वरूप उनीहरू दीर्घकालीन रूपमा एक्लोपन र बिछोडिएको महसुस गर्दैछन्।

डा. माइकल पिल भन्छन्, ‘वृद्धवृद्धा, किशोरकिशोरीका लागि छिटोछरितो समाधान केही नहुनु एक जटिल समस्या हो।’ यो नौलो वास्तविकताले बढ्दो मानसिक स्वास्थ्य संकटलाई जटिल तुल्याइरहेको छ। जब पुननिर्माणसम्बन्धी कुरा आउँछ, कोभिड महामारीका कारण देशभरिका युवामा स्थायी छाप पारिरहेका यस्ता घटनाबाट बच्ने उपाय पनि सँगै जोडिन पुग्छन्। 

Hardik ivf

नेसनल डेफ चिल्ड्रेन्स सोसाइटीका सुसन डेनियल, एलिस पार्सल, जोन क्लार्क र डा. माइकल पिलहरू यस विषयमा के भन्छन् भन्ने बुझ्न उनीहरूबाट प्राप्त लेख तथा पत्रहरू हेरौँ।

सुसान डानिएल्स
मुख्य कार्यकारी, नेसनल डिफ चिल्ड्रेन्स सोसाइटी 

महामारीले बच्चाहरूलाई आवश्यक पर्ने समृद्ध अनुभवको समय खेर गयो। पढ्ने लेख्ने समय, पारिवारिक र सामाजिक सम्बन्ध, प्रकृतिसँगको पहुँच र बच्चाहरूको मानसिक स्वास्थ्य सेवाहरूको सबै खेर गयो। 

लकडाउनभन्दा पहिले ६ जनामध्ये एक बच्चाको मानसिक स्वास्थ्य अवस्था गम्भीर हुन्थ्यो। तर, पछिल्ला महिना हामीले नेसनल हेल्थ सर्भिसको डेटाअनुसार र मानसिक रोगको लागि परामर्श लिन आउनेहरूमा तीव्र वृद्धि देख्यौँ। मानसिक स्वास्थ्यमा पनि अब महामारीको सुरुआत भएको देखियो। महामारीका कारण देखिएको पारिवारिक चुनौतिको गम्भीरताले गर्दा बच्चाहरू अफ्ठ्यारो अनुभव गरिरहेका छन्।

यद्यपि, सेवा सुधारमा धेरै प्रगति भएका छन्। पछिल्लो वर्ष डिजिटल डेलिभरीमा परिवर्तन आयो, जसले गर्दा पहिलेभन्दा चाँडो बिरामीहरू भेट्न सजिलो भएको छ।  बिरामीहरू जहाँ भए पनि क्लिनिकसँग जोडिन सक्छन्। फराकिलो पहुँचका कारण अधिक बालबालिकाहरू सफलतापूर्वक पुनः स्वास्थ्यलाभ गर्नसक्छन् र उनीहरूको जीवन लयमा फर्कनेछ।

एलिस पार्सल
चिकित्सा निर्देशक, मेन्टल हेल्थकेयर प्राक्टिस, क्लिनिकल पार्टनर 

गेबी हिन्स्लिफद्वारा लिखित ‘लकडाउनमा बच्चाहरूको व्यावहारिक समस्या’को लेखले मेरो मन छोयो। बच्चाहरूलाई सामाजिक मेलमिलापको अनुमति नदिन भाइरस फैलाउने जोखिम मूल कारणमा देखिन्छ। यसबाहेक के अरू कुनै उपाय छैन त?

यहाँ एक विचार छ। कक्षामा उपस्थित विद्यार्थीलाई दुईजनाको समूहमा विभाजन गर्नुहोस्। एकै समूहको दुई व्यक्तिहरू आपसमा भेटघाट गर्न सक्छन्। हरेक समूहको अभिभावकले स्वेच्छिक रूपमा भाग लिन सक्छन्। समूह निर्धारण गर्ने निर्णय शिक्षकहरूले विवेकी र संवेदनशील भई गर्नुपर्नेछ। बच्चाहरूले दुईजनाको समूहमा आवद्ध भई अनलाइन शिक्षा र सामाजिक गतिविधि गर्न सक्छन्। अभिभावकको भार र तनाव वहन गर्न सक्छन्। 

जोन क्लार्क
विन्कन्टन, सोमरसेट

वृद्धवृद्धा, किशोरकिशोरीका लागि छिटोछरितो समाधान नहुनु एक जटिल समस्या हो। विद्यालयहरूमा सल्लाहकार राखे पनि संघर्षरत विद्यार्थीलाई निर्देशित गर्नसक्ने कुनै स्रोत नहुँदा उनीहरू निकै खराब स्थितिमा छन्। हामीले आउँदो एक वर्षका लागि समाज पुनः सुरु गर्ने तरिकाबारे योजना बनाउनुपर्छ।

खेलसम्बन्धी क्लबहरू, नाचगानसम्बन्धी कला केन्द्रहरू र समाजमा किशोरकिशोरीको चासो र प्रतिभा विकास गर्नु दीर्घकालीन आवश्यकताअनुरूप अत्यावश्यक चिज हुन्। यस्ता सामाजिकीकरण गर्न मद्दत गर्ने ढोका लामो समयदेखि बन्द भएको हुँदा तुरुन्त फेरि खोल्न सकिने अवस्था छैन। 

समाजमा किशोरकिशोरीलाई बढी मित्रवत् बनाउन सक्ने यस्तो क्रियाकलापमा उनीहरूलाई सामेल गराउनसक्नु सल्लाहभन्दा बढी प्रभावकारी हुनसक्छ। तर, शक्तिमा रहेका कोही पनि यसमा चासो राख्दैनन्। यदि हामी सक्रिय हुदैनौँ भने आउदो पाँच वर्षमा पनि क्रियाशील समाज तयार हुने छैन।

(द गार्जेन डटकमबाट)
 

प्रकाशित मिति: ०७:०८ बजे, मंगलबार, माघ २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्