Kathmandu Press

चुनाव गराउनको लागि संसद् विघटन गरिएको हैन : चित्रबहादुर केसी

काठमाडौं, माघ १९ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनाव गराउनका लागि प्रतिनिधिसभा विघटन नगरिएको बताएका छन्।उनले अहिलेको अवस्थामा चुनाव नहुने बताए। अध्यक्ष...
चुनाव गराउनको लागि संसद् विघटन गरिएको हैन : चित्रबहादुर केसी

काठमाडौं, माघ १९ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनाव गराउनका लागि प्रतिनिधिसभा विघटन नगरिएको बताएका छन्।

उनले अहिलेको अवस्थामा चुनाव नहुने बताए। अध्यक्ष केसीले भने, 'चुनाव गराउने समय नै भएको छैन। चुनाव गराउनका लागि संसद् विघटन गरिएको हैन।'

राष्ट्रिय जनमोर्चाले सोमबार आयोजना गरेको संसद् विघटन र प्रतिगमनको खतरा विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले चुनाव नगराएर संकटकाल लगाउने खतरा रहेको औल्याए। उनले राजा महेन्द्रले बिपी कोइरालाको शासन अपदस्त गरेर पञ्चायती व्यवस्था लादेझै २०१७ साल दोहोर्याउने खेल भएको जिकिर गरे।

कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले संविधान उल्लंघन गरेको बताए। संविधानको रक्षाका लागि उभिनुपर्ने अवस्था आएको जिकिर गरे।

 

प्रकाशित मिति: २०:४६ बजे, सोमबार, माघ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्