सभापति देउवाद्वारा प्रदर्शनमा सहभागीलाई धन्यवाद
काठमाडौं, माघ १९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थाहरुले प्रतिनिधिसभा विघट्नविरुद्ध आज सम्पन्न गरेको प्रदर्शनमा सहभागी सबैलाई धन्यवाद दिएका छन्।कांग्रेसका...
काठमाडौं, माघ १९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका भ्रातृ संस्थाहरुले प्रतिनिधिसभा विघट्नविरुद्ध आज सम्पन्न गरेको प्रदर्शनमा सहभागी सबैलाई धन्यवाद दिएका छन्।
कांग्रेसका १३ वटा भ्रातृ सङ्घले संसद् विघटनको कदमविरुद्ध आज ७७ वटै जिल्लामा संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन्। सभापति देउवाले आज एक विज्ञप्तिमार्फत प्रदर्शनमा सहभागी सबैमा पार्टीका तर्फबाट आभार प्रकट गरेका हुन्।
उनले प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने भ्रातृ संस्था र पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यका साथै सामाजिक सञ्जालमार्फत भूमिका निर्वाह गर्ने युवामा समेत बधाई ज्ञापन गरेका छन्। कांग्रेसले कार्यक्रम घोषणा भएदेखि समापन हुँदासम्म निरन्तर समाचार सम्प्रेषण गर्नुहुने सञ्चारकर्मीलाई पनि धन्यवाद ज्ञापन गरेको छ।
प्रकाशित मिति: २०:३३ बजे, सोमबार, माघ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
