Kathmandu Press

काठमाडौंका पाँच काउन्टरबाट मार्सी चामल बिक्री    

खाद्य कम्पनीका काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा मार्सी चामल राखिएको छ ।     
काठमाडौंका पाँच काउन्टरबाट मार्सी चामल बिक्री    

काठमाडौं, माघ १९ :  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको मार्सी धानको चामललाई ब्रान्डिङ गरेको छ । कम्पनीले मार्सी चामललाई ‘नेपाल फुड’ ब्रान्ड गरी बिहीबारदेखि काठमाडौँमा बिक्री वितरण सुरु गरिसकेको छ । मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २७० क्विन्टल खरिद गरेर काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टरबाट बिक्री शुरु गरेको हो ।     

मार्सी चामल तीन दिन अर्थात् आइतबारसम्म २६८ किलो बिक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए । उनका अनुसार बिहीबार ९३ किलो, शुक्रबार १४४ किलो र आइतबार १३१ किलो चामल बिक्री भएको छ । उनले कम्पनीले यसअघि बिक्रीवितरण गर्दै आएको अन्य चामल जस्तै मार्सीको चामल बिक्री हुने अपेक्षा गरिएको बताए ।

खाद्य कम्पनीका काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा सो चामल राखिएको छ ।     

कम्पनीले प्रतिकिलो मार्सी चामल  २२५ मा बिक्री गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको कार्यक्रमभित्र रहेको जुम्लाको मार्सी धान खरीदको प्रक्रिया शुरु गरेको छ । धान खरिद प्राथमिक समितिले जुम्लाको मार्सी धान खरिद गर्न प्रतिकिलो  १०२ र पैसा ५० तथा चामल प्रतिकिलो  १६२ र पैसा ५० निर्धारण गरेको छ ।     
     
 

प्रकाशित मिति: १९:१९ बजे, सोमबार, माघ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्